डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

२०८२ बैशाख २१, आईतवार

काठमाडौँ : अमेरिकाको इ-डिभी लोटरीको नतिजा प्रकाशित भएको छ ।

अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० बजे) सन् २०२६ को इ-डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो । नतिजा अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । नयाँ विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरूले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानुन अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन् ।

गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म इ-डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् । इ-डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार