घरकै आँगनमा चट्याङ लागेर एक जनाको मृत्यु

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए। शनिबार साँझ घरकै आँगनमा परेको चट्याङले घाइते भएका एकै परिवारका चार जनालाई उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङले घाइते भएकी दशरथकी श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ वर्षको छोराको दैलेख अस्पतालमा उपचारपछि फर्किसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार