प्रचण्डले बोलाए पदाधिकारी बैठक

२०८२ बैशाख २१, आईतवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने उपमहासचिव मात्रिका यादवले जानकारी दिए । ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको छ । यी बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन्छ’, उनले भने ।

बैठकमा सम्पन्न भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार