देशका प्रमुख ५ सडकमा बाढी पहिरोले अबरोध

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन्। नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्ध हुन पुगेका छन्।

जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पूर्ण रूपमा अबरूद्ध भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका-२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ।

त्यसो त नवलपरासी पूर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पूर्ण रूपमा अबरोध भएको नेपाल प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार