प्रधानमन्त्री र नेपालका लागि जापानी राजदूतबिच शिष्टाचार भेट

२०८२ बैशाख २१, आईतवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी रहेको सचिवालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार