प्रहरीका ७ डीआईजीकाे सरुवा, को कहाँ ?

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ ।

आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ । त्यस्तै, उमा प्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, बागमती प्रदेशमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिममा डम्बर बहादुर बिक र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार