आइपीएल : पञ्जाबले लखनउलाई ३७ रनले हरायो

२०८२ बैशाख २२, सोमबार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा पञ्जाबले लखनउलाई ३७ रनले पराजित गरेको हो।

धर्मशालास्थित, हिमाचल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २३६ रन बनाएको थियो। पन्जाबले दिएको २३७ रनको विजय लक्ष्य पछाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन मात्रै बनायो।

लखनउका लागि मध्यक्रमका ब्याटर आयुष बडोनीले सर्वाधिक ७४ रन बनाए। उनले ४० बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे। ओपनर एडन मक्रमले १३ रन बनाउँदा अर्का ओपनर मिचेल मार्च डकआउट भए। कप्तान ऋषव पन्तले १८ रन बनाए। डेविड मिलरले ११ रन अब्दुल सामदले ४५ रन  बनाउँदा आवेश खान १९ र प्रिन्स यादव १ रनमा अविजित रहे।पञ्जाबका लागि बलिङतर्फ अर्षदीप सिंहले सर्वाधिक ३ विकेट लिए। अज्मतुल्ला ओमराजाईले २ विकेट लिदाँ मार्को जान्सन र युज्बेन्द्र चेहेलले १-१ विकेट लिए। पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रन बनाएको थियो।

पन्जाबका लागि ओपनर प्रभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए। उनले ४८ बलमा ६ चौका र ७ छक्का प्रहार गरे। जोश इङ्लिसले ३० रन र कप्तान श्रेयस ऐयरले ४५ रन बनाए। मध्यक्रममा आएका नेहाल बडेराले १६ रन बनाउँदा शशांक सिंह र मार्कस स्टोइनिस क्रमश: ३३ र १५ रनमा अभिजित रहे। लखनउको लागि बलिङमा आकाश सिंह र दिग्वेस राठीले समान २-२ विकेट लिए। प्रिन्स यादवले १ विकेट लिए।

अङ्कतालिकामा यो जितसहित पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ। पञ्जाबले ११ खेल खेल्दै ७ जित र ३ हार तथा एक खेलमा अङ्क बाँडेसँगै १५ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो। लखनउ भने छैटौं हारसहित अङ्कतालिकाको सातौं स्थानमा रहेको छ। लिग चरणका खेलहरू सकिने समयमा यो हारले लखनउको प्लेअफ सम्भावना घटाउने छ।

सोमबार आइपीएलमा एक खेल रहेको छ। जसमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादले खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार