पार्टी एकता गर्न राजेन्द्र राईलाई मुख्यमन्त्री कार्कीले गरे प्रस्ताव

२०८२ बैशाख २२, सोमबार

काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव गरेका छन् ।

आइतबार एकीकृत समाजवादीका उप महासचिव तथा प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राइ लगायतको टोलीलाई स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले पाटी एकताको प्रस्ताव गरेका हुन् । ज्ञापन पत्र बुझेपछि मुख्यमन्त्री कार्कीले अनौपचारिक छलफलमा भने, यतिका नेता भएको ठाउँमा म एउटा कुरा भन्छु, दुई गौरवशाली पार्टी भनेर मात्रै भएन । अब एउटै गौरवशाली पार्टी बनाउनुपर्छ ।’

ज्ञापन पत्र बुझाउन पूर्व मुख्यमन्त्री राजेन्द्र राई, पोलिटब्युरो सदस्यहरू महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्का लगायतका तीन दर्जन बढी नेताहरू मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार