काठमाडौँ : सांसद अमेरशकुमार सिंहले सरकार नाङ्गै रहेको टिप्पणी गरेका छन्। सोमबार (आज) बसेको बैठकमा संशोधन हाल्दै सिंहले यस्तो बताएका हुन्।
‘संसद्मा एउटा अबोध बालकको आवश्यकता छ। युरोपमा एउटा राजा नाङ्गै हिँडिरहेको थियो तर, उसको डरले कोही पनि भन्न तयार थिएनन् कि राजा नाङ्गै छ। त्यस्तै यो दुईतिहाइको सरकार नाङ्गै छ, नीति तथा कार्यक्रम नाङ्गै छ तर, कोही पनि भन्न तयार छैन कि यो सरकार नाङ्गै छ,’ उनले भने।
उनले सरकार दलित, महिला, जनजाति, मधेसीलाई सक्न लागिपरिरहेको पनि आरोपित गरे। ‘सरकार गठन भएदेखि साना दलको अस्थित्व खतरामा छ। उनीहरूलाई सक्न लागिपरेको छ। सरकार दलित, महिला, मधेसीलाई समाप्त गर्न गर्न चाहन्छ। यो नीति कहीँ उल्लेख छैन तर, कार्यान्वयन यसैको हुन्छ,’ उनले भने।





