सरकार बनाउनकै लागि देउवाजीलाई फकाउने पक्षमा छैनौं : प्रचण्ड

२०८२ बैशाख २२, सोमबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३२ सिटको जादु चलाउने पक्षमा आफू नरहेको बताएका छन्।

संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि फकाउने पक्षमा आफू नरहेको प्रस्ट्याए। उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको मनबाट ढलिसकेको बताए। ‘जादु चलाउन चाहे त चल्छ। तर, अहिले चलाउने पक्षमा हामी छैनौं। अहिले देउवाजीलाई पनि फकाउने पक्षमा छैनौं। यो सरकार आफ्नै बोझले ढल्छ। जनताको मनबाट त ढलिसक्यो,’ उनले भने।

उनले माओवादीको ध्यान अहिले जनतामा भएको बताए। त्यसकै निम्ति मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ। ‘सरकार बनाउनतिर हाम्रो ध्यान छैन। हाम्रो ध्यान जनतामा जाने छ। मध्य पहाडी लोकमार्ग अभियानमा हामी जाँदैछौं,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार