बस दुर्घटना अपडेट : उपचारको क्रममा चालकको पनि मृत्यु

२०८२ बैशाख २३, मंगलवार

काठमाडौं : धनकुटामा सोमबार बिहान भएको बस दुर्घटनामा ज्यान जानेको संख्या दुई पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक  सुनसरीको धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङको साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुटाले जनाएको छ। गम्भीर अबस्थामा रहेका चालक तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ मृत्यु भएको हो।धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल) को सोमबार विहान दुर्घटनामा परेर ज्यान गएको थियो।

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका– ६ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएकामध्ये थप तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य १२ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार