निर्माणाधीन घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

२०८२ बैशाख २३, मंगलवार

काठमाडौं : घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका असई प्रेम कटवाल रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए । इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए । इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको प्रवक्ता दाहालले बताए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणका गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार