टिपरको ठक्करबाट युवकको मृत्यु, चालक फरार

२०८२ बैशाख २३, मंगलवार

काठमाडौँ : धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सडकमा ना.८ ख ६५२७ नम्बरको टिपरको ठक्करबाट सोही नगरपालिका-५ बस्ने २१ वर्षीय समिर भन्ने योग कुमार बोगटीको मृत्यु भएको हो।

गएराति टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।टिपरको ठक्करबाट घाइते भएका अन्य ३ जनाको जानकी मेडिकल वीरेन्द्र बजारमा उपचार भइरहेको छ। ठक्कर दिएपछि फरार भएका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार