त्रियुगा नदीमा बस भासियो

२०८२ बैशाख २३, मंगलवार

काठमाडौँ : उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बसलाई नदीमा भासिएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले नेपालखबरलाई जानकारी दिइन्।

‘जन्ति पुर्‍याएर फर्किएको गाडी बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन।’ सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ति पुर्‍याएर फर्किएको को १ ख ४७५३ नम्बरको बस भासिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार