बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८२ बैशाख २४, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार