राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने

२०८२ बैशाख २४, बुधबार

काठमाडौँ : सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन्।

राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते (आइतबार) दिउँसो १:१५ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार