मोदीको प्राथमिकतामा परिनन् आरजू

२०८२ बैशाख २४, बुधबार

काठमाडौं : केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्रमन्त्री भएकी आरजू राणा देउवा नियुक्तिलगत्तै भारत भ्रमणमा गएका बेला भारतले उनलाई धेरै सम्मान दिएको थियो । तर, त्यो सम्मान पछिल्लो समय घट्दै गएको छ ।

आरजू भारतको प्राथमिकतामा नपरेको स्पष्ट सन्देश भारतले गत साता मात्रै दिएको छ । सत्ताधारी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले गत साता नेपाल भ्रमणमा आउँदा उनले आरजूभन्दा पहिले कांग्रेसकै अन्य नेता र माओवादीका नेताहरुसँग भेटघाट गर्नुले मोदीको प्राथमिकतामा आरजू नपरेको देखिएको हो ।

विजय चौथाइवाले भाजपाका विदेश विभाग प्रमुख हुन् । उनी नेपालको भ्रमणमा आउँदा प्रोटोकलअनुसार आएको भए उनको पहिलो सम्पर्क परराष्ट्र मन्त्रीमार्फत हुनुपर्ने थियो । परराष्ट्रमन्त्री आरजू स्वयं हुन् । तर, उनले नेपाल आएपछि प्रोटोकलअनुसार परराष्ट्रमन्त्रीलाई भेट्नुको सट्टा अन्य नेताहरुसँग भेटघाट गर्न थाले ।

चौथाइवालेले नेपाल भ्रमणका क्रममा २० भन्दा बढी नेताहरुलाई भेटेका थिए । उनले प्रमुख दलका शीर्ष नेताहरुसहित दोस्रो तहका नेताहरुलाई पनि भेटे । भेटका क्रममा उनले भारतका सन्देशहरु नेपाललाई दिए र पहलगाम आक्रमणपछि भारतका पक्षमा नेपालको स्पष्ट समर्थन मागे । यद्यपि उनले नेपालको सत्ता समीकरणबारे भने चासो नदेखाएको नेताहरु बताउँछन् ।

चौथाइवालेसँग आरजूको पदीय आधारमा मात्र सम्बन्ध छैन । आरजूले चौथाइवालेलाई राखी पनि बाँधिदिएकी थिइन् । तर, राखीसँगै कूटनैतिक प्रोटोकलले पनि उनले पहिले आरजूलाई भेट्ने वातावरण बनाइदिए पनि उनले आरजूलाई प्राथमिकतामा राखेनन् । यसले आरजू भारतकै संस्थापनको प्राथमिकतामा नरहेको संकेत गरेको कूटनैतिक विषयका जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार