२०० किलोग्राम गाँजासहित तीन जना पक्राउ

२०८२ बैशाख २४, बुधबार

चितवन : खैरहनी नगरपालिका-३ टुंगाराबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्रामसहित तीन जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मधुवन बस्ने ४० वर्षीय बिरेश यादव, राप्ती नगरपालिका-१२ बस्ने ४७ वर्षीय चन्द्रबहादुर तामाङ र २५ वर्षीय सुभाष तामाङ छन्।

इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले बिआर ०५ जिसि ९५१३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक बिरेश तथा ट्रकमा सवार चन्द्रबहादुर र सुभाषलाई समेत पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार