क्रिस्टियानो रोनाल्डोका छोरा पोर्चुगलको राष्ट्रिय टोलीमा छनोट

२०८२ बैशाख २४, बुधबार

काठमाडौं : फुटबल क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई आगामी प्रतियोगिता अघि पहिलो पटक पोर्चुगलको अन्डर-१५ टोलीमा छनोट गरिएको छ ।

१४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियर मे १३ देखि १८ सम्म क्रोएसियामा आयोजना हुने भ्लाट्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पोर्चुगलको २२ खेलाडी टोलीको हिस्सा हुनेछन्। प्रतियोगितामा इङ्गल्याण्ड, ग्रीस र जापान पनि खेल्दैछन् ।

सिनियर रोनाल्डोले इन्स्टाग्राममा आफू र आफ्ना छोराको तस्बिर पोस्ट गर्दै लेखेका छन् “तिमीमाथि गर्व छ, छोरा !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार