सन्तोष परियारको गाडीमा आगजनी गर्ने पक्राउ

२०८२ बैशाख २५, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा तोडफोड तथा आगजनी गर्ने एकजना पक्राउ परेका छन् । उक्राउ पर्नेमा गुल्मीका मन्धिर भनिने मनबहादुर कालामगर छन् ।

उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको एक अधिकारीले जानकारी दिए । चैत १५ गते राजावादीले गरेको प्रदर्शन अराजक भएपछि आगजनी तथा लुटपाट भएको थियो । सोही क्रममा बालकुमारी करिडोमा परियार चढेको बीएबी १३८२ नम्बरको सेतो स्करपियो गाडीमा समेत प्रदर्शनकारीले आगजनी गरेका थिए ।

मगरले राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेको खुलेको छ ।  प्रहरी अधिकारीका अनुसार उनी नेपाली सेनाबाट अवकाश प्राप्त भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार