कुखुराको मासुको मूल्य बढ्यो

२०८२ बैशाख २५, बिहीबार

काठमाडौं : गुल्मीको तम्घास बजारमा कुखुराको मासुको मूल्य बढेको छ। केही समयअघि प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री हुँदै आएको कुखुराको मासु अहिले बढेर अहिले प्रतिकिलो ४४० रुपैयाँमा पुगेको छ।

बिहीबार गुल्मी वाणिज्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष तारा प्रसाद भुसाल, महासचिव चेतनारायण पाण्डे, सचिव विष्णु प्रसाद अधिकारी, होटल व्यवसायी मञ्चका अध्यक्ष जंग बहादुर कुँवर, मासु व्यवसायी संघका अध्यक्ष लिल बहादुर बस्नेतसहित बसेको बैठकले कुखुराको मासुको मात्रै मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।

पछिल्लो समय तम्घास बजारमा कुखुराको मासु अभाव, कुखुरा पाल्ने कृषकहरूको संख्या घटेको मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिल बहादुर बस्नेतले बताए। बजारमा कुखुराको मासुमा उपभोक्ताको माग बढे पनि कुखुराको आपूर्ति कम भएको कारणले मासुको अभाव सिर्जना भएको बताए। अहिले बजारमा कुखुराको अभावले कृषक, व्यवसायी र उपभोक्ता सबै मार खेपिरहेका छन्।

बजारमा प्रशस्त कुखुरा उपलब्ध हुनसाथ आफूहरूले मासुको मूल्य घटाउन तयार रहेको अध्यक्ष बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार