अमेरिका छिर्ने क्रममा पक्राउ परेका २० नेपालीलाई काठमाडौं ल्याएर छाडियो

२०८२ बैशाख २५, बिहीबार

काठमाडौं : अमेरिकाले २० जना नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडेको छ।

ओमनी एयरलायन्सको फ्लाइट नम्बर OAE3148 बाट उनीहरूलाई बिहीबार काठमाडौं ल्याएर छाडिएको हो। पानामा सरकारको सहयोगमा अमेरिकाले २० जना नेपालीलाई काठमाडौंसम्म ल्याएको हो। अमेरिकी जहाज ओमनी एयरलायन्सको उक्त विमान भारतको दिल्ली हुँदै काठमाडौं आएको हो। स्रोतका उनीहरू पानामाबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए। पक्राउ परेका नेपालीहरूलाई पानामा सरकारको समन्वयमा अमेरिकाले नेपाल ल्याएको हो।

अमेरिकाले पहिलोपटक यति धेरै संख्यामा पानामामा पक्राउ परेकालाई नेपाल फिर्ता पठाएको हो। यसअघि पनि अमेरिकाले एकपटक ११ जना र एकपटक ३ जनालाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार