गभर्नरको विषयमा असमझदारी छैन : महेश बर्तौला

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि केही समय लिइएको जानकारी गराए । दलहरूबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको उनको भनाइ थियो ।

‘यसमा सरकार नियमति प्रक्रियाबाट छलफलको प्रक्रियामा छ । कहिले कहीँ कुनै जिम्मेबारी केही दिन अगाडि पनि नियुक्तिको प्रक्रिया टुङ्गिएर कार्यकाल सकिने, कोही व्यक्ति कार्यकाल सकिने बित्तिकै काम प्रक्रिया आरम्भ हुने अवस्था पनि बन्छ,’ उनले भने, ‘कसैका लागि केही छलफलका प्रक्रियाले थप समय पनि लिनसक्छ । तर तपाईंहरूलाई यति कुरा म भन्न चाहन्छु कि सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्‍याउँछ । सरकारको बीचमा दलहरूको बीचमा गभर्नर नियुक्तिको बीचमा कुनै अन्तरविरोध असमझदारी त्यो भएको अवस्था छैन ।’

केही कानुनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार