बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं : लिसंखुपाखर गाउँपालिका –१ निङ्गालेमा शुक्रबार बेलुकी ५ बजे यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र.०१–००६ ख ५९३४ नम्बरको बसले बिपरीतदिशाबाट आउँदै गरेको बा. ७० प ८२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दोलखा मेलुङ गाउँपालिका –६ निवासी २३ बर्षीय मोटरसाइकल चालक सुरेश रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बसको ठक्करले गम्भीर घाइते भएका रसाइलीलाई सिन्धु सदाबहार अस्पताल खाडीचौर लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालक दोलखा कालिन्चोक –६ का २३ बर्षीय माधवबहादुर कार्कीलाई प्रहरी नियन्त्रणमा लिएको छ । ठक्कर दिने गाडी लामोसाँघु प्रहरी चौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार