प्रदेश खारेज गरौँ, सबै अटाउने मौलिक व्यवस्था निर्माण गरौँ : राजेन्द्र लिङ्देन

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं : राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कसैलाई निषेध नगरी सबै अटाउने मौलिक व्यवस्था निर्माण गरेर जान आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले प्रदेशजस्ता अनावश्यक संरचनाहरू खारेज गर्नुपर्ने बताए।

‘हामीले फजुल खर्च रोक्न अनावश्यक संरचनाहरू खारेज गर्ने भनेका छौँ। सबलाई थाहा छ, …यो प्रदेश संरचना अनावश्यक छ भन्ने कुरा,’ उनले भने, ‘प्रदेश संरचना खारेज गर्ने कुरा गरौँ न सबैको सहमतिमा। हामी समर्थन गर्छौँ, यो व्यवस्था अगाडि बढ्दै जान्छ। सबै अटाउने मौलिक व्यवस्था निर्माण गरेर जाऔँ। कसैलाई निषेध गर्नुपर्छ भनेको होइन।’

वर्तमान संविधानले दिएको सुविधाअन्तर्गत नै राप्रपाले आफ्ना एजेन्डाहरू उठाइरहेका प्रस्ट पार्दै लिङ्देनले यो संविधानमा राम्रा विषयहरू पनि  रहेकाले पूर्ण खारेज गर्न नहुने धारणा राखे।

‘कतिपय साथीहरूले संविधानको पूर्ण खारेजीको कुरा गर्दा मैले भनेँ– यो संविधानमा सबै कुरा नराम्रा छन् भन्ने होइन । यो संविधानमा भएका कतिपय कुराहरू जो हामीले जोगाएर लैजानुपर्नेछ। यो संविधानले दिएको सुविधाअन्तर्गत नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मान्यताका कुराहरू उठाइराखेको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार