ड्याममा नुहाउन गएका किशोर डुबेर बेपत्ता

२०८२ बैशाख २८, आईतवार

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका–१८, हसपुरास्थित सिँचाइका लागि बनाइएको ड्याममा डुबेर एक किशोर बेपत्ता भएका छन्।

रुकुम पश्चिम स्थायी घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१७, झिंगेमा बस्दै आएका १६ वर्षीय भूपेन्द्र विक ड्याममा डुबेर बेपत्ता भएका हुन्।तीनजना साथीसँग नुहाउन गएको अवस्थामा विक डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए। शनिबार बिहान खाना खाएर तीनजना साथीहरूसँग ड्याममा गएका उनी दिउँसाे १ बजेतिर डुबेका हुन्।

उनी शुक्रबार साथी सन्देश विकको घरमा गएका थिए। अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उद्धार गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार