पोखरा : गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवातालबारे सर्वोच्चले गरेको फैसला हुबहु कार्यान्वयन गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले आइतबार पोखरामा आयोजना गरेको लोमन्थाङ मिडिया समिट अन्तर्गतको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पोखराको पर्यटन जोगाउन फेवातालको संरक्षण अनिवार्य रहेको बताए ।
`पोखराको पर्यटन भनेको फेवातालमा केन्द्रित छ । फेवातालको संरक्षणका सन्दर्भमा सर्वोच्चले एउटा आदेश दिएको छ,´ उनले भने, `उक्त आदेश हुबहु कार्यान्वयन हुन्छ । त्यो केही दिनमा रिजल्ट देखिने छ ।´
फेवाताल संरक्षण र सौन्दर्यीकरणबारे सर्वोच्चले तीनै तहका सरकारका नाममा आदेश दिएको छ । आदेशपछि मुख्यमन्त्री पाण्डेकै संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ ।
तालको ६५ मिटर मापदण्ड तोकिएको छ । मापदण्ड भित्रको संरचना हटाउन सरकारलाई चुनौती छ । यद्यपि प्राविधिक टोलीले सीमाङ्कन निर्धारण गरेको छ । केही समयभित्रै पोल गाडेर सीमा तोक्ने पाण्डेले बताए ।





