सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८२ बैशाख २८, आईतवार

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सभामुख देवराज घिमिरेले सदनमा प्रस्तुत गरेको पारितको प्रस्तावमा प्रतिपक्षी दलले विपक्षमा ध्वनी मत दिएका थिए ।

राष्ट्रिपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आइतबार नै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।

सरकारले अब यहीँ नीति तथा कार्यक्रममा आधारित भएर आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार