काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले सत्ता गठबन्धन धेरै नटिक्ने बताएका छन्।
‘दुई ठूला पार्टीहरूको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले। उहाँहरूको जाला नजाला तर, यो देशले जनताले सबैले दुःख पाउने भयो,’ उनले आज संसद् प्राङ्गणमा पत्रकारहरूसँग भने।
उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा सरकार गम्भीर नबनेको पनि बताए। ‘प्रधानमन्त्री गम्भीर बन्नुभएन,’ उनले भने, ‘यसरी समस्या कसरी समाधान हुन्छ?’





