रियल मड्रिड बार्सिलोनासँग ४-३ ले पराजित

२०८२ बैशाख २८, आईतवार

काठमाडौं : बार्सिलोनाले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै एल क्लासिकोमा रियल मड्रिडमाथि ४-३ को सानदार जित हात पारेको छ ।

यो जितपछि बार्सिलोनाले ला लिगाको उपाधि नजिक पुगेको छ । जितपछि बार्सिलोनाले ३५ खेलबाट ८२ अंक जोडेर दोस्रो स्थानको रियलमाथि ७ अंकको अग्रता बनाएको छ । समान खेलबाट रियलको ७५ अंक छ ।

लिगमा अब ३ चरणको खेल बाँकी छ । बार्सिलोनालाई लिगको उपाधि जित्न अब एक खेल जिते पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार