पूर्वराजालाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला असत्य : फणि पाठक

२०८२ बैशाख २९, सोमबार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अघोषित नजरबन्दमा राखिएको चर्चालाई निर्मल निवासले खण्डन गरेको छ ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस्तो खबरमा सत्यता नरहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा पूर्वराजालाई नजरबन्दमा राखिएको भन्दै अफवाह फैलिएको थियो । त्यसमा प्रतिक्रिया जनाउँदै पाठकले फेसबुकमार्फत प्रष्ट पारेका हुन् ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकरी गराउन चाहान्छु ।’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार