भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

२०८२ बैशाख २९, सोमबार

काठमाडौं : चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।

अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो । भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।

संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार  बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।

आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता हुने तय भएको छ, जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार