फेवातालमा फसेका ३ जना पर्यटकको सकुशल उद्धार

२०८२ बैशाख २९, सोमबार

काठमाडौं : पोखराको फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।

सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ । डुंगामा २ जना पुरूष र एकजना महिला गरी ३ जना इजरायली पर्यटक सवार थिए ।

उद्धार गरिएका तीनैजनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार