काठमाडौं : आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १ : १५ मा बस्नेछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।





