बुटवल पावर कम्पनीको नाफा १६ प्रतिशतले बढ्यो

२०८२ बैशाख ३०, मंगलवार

काठमाडौं : जलविद्युत तथा वैकल्पिक उर्जा प्रवर्द्धक कम्पनी, बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम गत वर्षको सोही अवधिको तुलनामा १६.७८ प्रतिशत बढी हो । गत आव २०८०/८१ को चैत्र मसान्तसम्ममा बुटवल पावरले १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ। सञ्चालन आम्दानी ५४ करोड ३७ लाखबाट बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अन्य श्रोतवापतको आम्दानी ६ करोड ४४ लाखबाट बढेर ६ करोड ९१ लाख पुगेको छ।

बुटवल पावरको वित्तीय खर्च ९३ लाख ३६ हजारबाट घटेर ६१ लाख ४० हजार रूपैयाँमा झरेको छ । ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य पूँजीमा ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ छ । तेश्रो त्रैमाससम्ममा प्रति शेयर आम्दानी ६.१७ रुपैयाँ र प्रति शेयर खुद मूल्य २०७.६० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार