महायज्ञको मुख्य मण्डपमा आगलागी

२०८२ बैशाख ३०, मंगलवार

काठमाडौं : सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ ।

२१ वैशाखदेखि सुरु नौ दिवसीय महायज्ञको अन्तिम दिन सोमबार साँझ मुख्य मण्डपमा आगलागी भएको हो । आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, पूजाका सामग्री समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मण्डपमाथि टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतमा निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार