भर्‍याङबाट लडेर महिलाको मृत्यु

२०८२ बैशाख ३०, मंगलवार

काठमाडौँ : दाङमा भर्‍याङबाट लडेर एक महिलाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी निवासी ७० वर्षीय टीका श्रीसको आफ्नै घरको भर्‍याङबाट चिप्लेर लड्दा मृत्यु भएको प्रहरीले जनाएको छ। भर्‍याङबाट लडेकी टीकाको टाउको र मुखमा चोट लागेको थियो।

गम्भीर घाइते भएकी टीकालाई आइतबार दिउँसो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार