कानुनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकसँग सभामुखको बैठक जारी

२०८२ बैशाख ३०, मंगलवार

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग कानुनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल भइरहेको छ।

जेठ महिनाको संसदको क्यालेन्डर र पूर्व बजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन्।

बैठकमा कानुनमन्त्री चौरसियासहित प्रमुख सचेतकसमेत रहेका एमालेका महेश बर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार