कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा असर पर्दैन: गृहमन्त्री लेखक

२०८२ बैशाख ३०, मंगलवार

विराटनगर : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग भेटेर गभर्नर नियुक्तिमा तपाईँहरूलाई पेल्नु भयो नि !’ भन्ने प्रश्नमा भने मन्त्री लेखकले कसैले कोहीसँग तस्बिर खिचाउँदैमा भेटघाट गर्दैमा यसले गठबन्धनमा कुनै असर नपार्ने बताए । ‘एमाले र काँग्रेस बिचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ,’ उनले भने ।

लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा दिइरहेको छ,’ उनले भने ।

गृहमन्त्रीले राजावादी गतिविधिबारे कडा चेतावनी दिए। ‘संविधान र वर्तमान व्यवस्था विरुद्धका कुनै पनि गतिविधि सह्य हुँदैन,’ उनले स्पष्ट पारे ।

उनले नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता उत्कृष्ट व्यवस्था स्थापित गर्न दिएको त्याग र बलिदान गरेकाले यो व्यवस्था परिवर्तन नहुने बताए । ‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौँ,’ उनले भने, ‘अब देश फेरी निरंकुशतातिर लान लागि जनताले पनि चाहँदैनन् ।’

गृहमन्त्री लेखले यो सरकारले १० महिनामा गरेका उपलब्धिहरूको प्रशंसा गर्दै, आर्थिक सूचकांकहरू हेर्न र अर्थतन्त्र तथा कानुनी क्षेत्रमा भएका प्रगतिहरूलाई मूल्यांकन गर्न आग्रह गरे । केपी ओली नेतृत्वको सरकार भोलि १० महिना पुग्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार