मेक्सिकोमा मेयरको उम्मेदवारसहित चार जनाको गोली हानी हत्या

२०८२ बैशाख ३०, मंगलवार

मेक्सिको सिटी : मेक्सिकोमा मेयर पदका उम्मेदवार सहित चार जनाको गोली हानी हत्या गरिएको छ । मेयर पदका उम्मेदवार येसेनिया लारा गुटेरेजमाथि चुनाव प्रचार प्रसारका क्रममा गोली प्रहार भएको थियो ।

मेयर उम्मेदवारको हत्याको घटना फेसबुकमा पोस्ट गरिएको लाइभ स्ट्रिमिङमा रेकर्ड गरिएको थियो । भिडियोमा, येसेनिया लारा गुटेरेज आफ्नो अभियानको क्रममा मानिसहरूलाई भेटिरहेको देखिन्छिन् । यस क्रममा उनका समर्थकहरूले उनलाई घेरेका थिए ।

गुटेरेज मानिसहरूलाई भेट्दै सडकमा हिँडिरहेकी थिइन् । यसैबिच आक्रमणकारीहरूले उनीमाथि गोली चलाए । यस अवधिमा कुल २० राउन्ड गोलीबारी भएको थियो, जसमा मेयरका उम्मेदवार सहित कुल चार जनाको मृत्यु भएको थियो । यो घटना मेक्सिकोको भेराक्रुजमा भएको हो । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले आक्रमणको पुष्टि गरेकी छिन् । उनले हत्याको कारण अझै स्पष्ट नभएको बताए । यसको छानबिन भइरहेको छ ।

येसेनिया गुटिएरेज मेक्सिकोका राष्ट्रपतिको पार्टी मोरेना पार्टीकी सदस्य थिइन् । गोलीबारीको घटनामा कूल चार जनाको मृत्यु भएको छ भने अरू तीन जना घाइते भएका छन् । मेयर पदको लागि जुन १ मा मतदान हुँदै थियो । अनुसन्धान एजेन्सीहरूले हत्या प्रकरणको अनुसन्धान सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार