भारत-पाकिस्तान युद्ध रोक्न ओलीले कोसँग कुरा गरे भन्ने प्रस्ट पार्न भीम रावलको माग

२०८२ बैशाख ३०, मंगलवार

 

काठमाडौँ : मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले भारत र पाकिस्तानबीच युद्धविराम गराउन आफ्नो पनि भूमिका रहेको भनी गरेको दाबी प्रस्ट पार्न प्रधामन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

भारत-पाकिस्तान युद्ध रोक्न कोसँग कुरा गरेको हो भनी खुलाउन रावलले प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका हुन्। यो कुरा भन्न नसके एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको दाबी हास्यास्पद र गैरजिम्मेवार ठहरिने टिप्पणी एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेता रावलले गरेका छन्।

‘भारत र पाकिस्तानको युद्धविराममा प्रम केपीले ‘हामीले पनि कुरा गर्‍यौँ’ भन्नुभएको रहेछ। उहाँले कुन व्यक्तिसँग कुरा गर्नुभएको रहेछ? प्रस्ट गर्नुपर्‍यो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नभए साे भनाइ हास्यास्पद र गैरजिम्मेवार ठहरिने छ। अन्य देशका नेताले भारत र पाकिस्तानका कोसँग के कुरा गरे, खुलस्त भनेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार