कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर

२०८२ बैशाख ३०, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद् माया राईसहित २१ जनाविरुद्ध ३७ लाख ३५ हजार रुपैयाँ बिगो, ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबीसहित मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा आज मुद्दा दायर गरेको हो । उनीविरुद्ध मुलुकी संगठित अपराधमा मुद्दा दायर भएको हो ।

स्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार र सचिव पदमा रहँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको अनुसन्धान प्रतिवेदनमा देखिएको छ । यद्यपि, उक्त हिनामिना संगठिन कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार