काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।





