बाबुको हत्या आरोपमा छोरा पक्राउ

२०८२ जेष्ठ १, बिहीबार

काठमाडौं : लमजुङको मर्स्याङ्दी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

मर्स्याङ्दी गाउँपालिका-४, कालाघिरिङ निवासी ५७ वर्षीय नरबहादुर गुरुङको हत्यामा संलग्न भएको अभियोगमा उनका २३ वर्षीय जेठा छोरा लु बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, मृतक नरबहादुर गुरुङ मंगलबार बिहान करिब ६:०० बजे ठूलोढुङ्गास्थित आफ्नै गाईगोठमा मृत अवस्थामा फेला परेका थिए।

उनको टाउको, अनुहार लगायत शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको र घटनास्थल रगताम्य रहेको थियो। पेटमा समेत निलडामहरू देखिएको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक राज किशोर साह तेलीको कमाण्डमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान थालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार