मैले मन्त्रालय सम्हाल्दा जलविद्युत् क्षेत्रमा उल्लेख्य काम भए : ऊर्जामन्त्री खड्का

२०८२ जेष्ठ १, बिहीबार

काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन्।

ऊर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएका नेता महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरू देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन्।

आफूले ऊर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युत‍्को क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए।

सो अबसरमा मन्त्री खड्काले देश विकासमा एनआरएनएको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मिलेर काम गर्ने बताएका थिए। यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा अपार सम्भावना भएको औंल्याउँदै नीति नियमलाई सहज बनाउनु पर्ने सुझाव दिए।

एनआरएन नेता श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीहरुले सिकेका सीप र पुँजीमार्फत् देश विकास गर्न सकिने उल्लेख गरे। उनले आगामी दिनमा आफूहरू जलविद्युत‍्को क्षेत्रमा काम गर्ने योजनामा रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार