काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबका दिन आफ्नो दिन हुने दाबी गरेका छन्।
जेठ २ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्गको अभियानका लागि आज बैतडीको पाटन आएका दाहालले यस्तो बताएका हुन्। स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको उल्लेख गर्दै दाहालले भने, ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ। अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ।’
दाहाललाई स्थानीयहरूले ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्ने क्रममा दाहालले आफू जनताकै पक्षमा रहेको बताए।







