
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।
शनिबार २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बोलाइएको हो। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बजेटमाथि छलफलका लागि बैठक बोलाइएको बताए। ‘बजेटका विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने।
टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस सांसद मोहन बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्। बैठकमा यीलगायत समसमायिक विषयमा छलफल हुने बताइएको छ।