
काठमाडौं : बिहीबार देशैभरि विद्युत् आपूर्तिमा सर्वसाधारणले समस्या झेलेका छन्। काठमाडौं उपत्यकासहित देशभरि नै विद्युत् प्रवाहमा बारम्बार अवरोध भइरहेको छ।
भारतबाट नेपालमा हुने बिजुली आयातमा समस्या आउँदा आपूर्तिमा अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। समस्या समाधानको प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।