काठमाडौं : महोत्तरीको जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका सारी निवासी ५० वर्षीया सञ्जु ठाकुर छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई शुक्रबार दिउँसो जलेश्वर नगरपालिका- २ स्थित सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते ठाकुरलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर स्थित न्यूरो अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।





