बस्नेत र राई पक्राउ परेको कुरालाई ठूलो अर्थमा नलिनूस् : देउवा

२०८२ जेष्ठ ३, शनिबार

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेकाछन् ।

आज बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरे । बैठकमा सभापति देउवाले राखेको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरुले आवाज उठाएको र सभापति देउवाले जवाफ दिएको बताए ।

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको स्पष्ट पारे । काँग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार